राष्ट्रपतिदेखि नागरिकले भने मेस्सी तिमीलाई प्रेमिकाभन्दा बढी माया गर्छु !

अर्जेन्टिना । कोपा अमेरिकामा चिलीसँग पराजय भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अर्जेन्टिनी स्टार लियोनल मेसीलाई सन्यास फिर्ता लिन म्यारोडोनादेखि अर्जेन्टिनी राष्ट्रपति एवं उनका समर्थकले आग्रह गरिरहेका छन् ।

कोपा अमेरिका खेलेर अर्जेन्टिना फर्केको टोलीलाई स्वागत गर्न भारी वर्षाकाबीच समर्थक विमानस्थलमा पुगेका थिए र ती सबैको एउटै आग्रह थियो– मेसी तिमीलाई म आफ्नी प्रेमिकालाई भन्दा बढी माया गर्छु, बिन्ती सन्यास फिर्ता लेऊ ।

उनीहरुले बिभिन्न प्लेकार्ड र मेसीको जर्सी देखाएका थिए। मेसीका फ्यानले पनि उनलाई सन्यास फिर्ता लिन आग्रह गरिरहेका छन्। मेसीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।

१६ असार २०७३, ९।००

२०७३ असार १६ गते १२:१३ मा प्रकाशित

You can share this post!

जब सन्नी लियोनीले ढाका टोपी लगाइन् ...

भारतले बढायो नेपालीले पाउने पेन्सन, करिब २९ हजारदेखि ३ लाख ६० हजारसम्म !

Related posts