सेयर बजारले कारोबारको समय बढाउने, सर्वसाधारणसँग माग्यो सुझाव !

काठमाण्डौं । नेपाली सेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्नो कारोबारको समय बढाउने सम्बन्धमा अध्ययन थालेको छ । प्रविधिको विकासँगै बजारको पहुँच बढ्दै गएको र नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्ने क्रम जारी रहेकाले हालको कारोबार समय बढाउन लगानीकर्ताबाट माग आएका कारण आफूहरुले यस्तो अध्ययन थालेको नेप्सेले जनाएको छ ।

नेप्सेले आइतबार प्रेस विज्ञप्ती जारी गर्दे सात दिन भित्र उपयुक्त समय सिफारीश गर्न सरोकारवालालाई आग्रह गरेको छ । हालको समय प्रयाप्त हो र होईन रु कारोबार समय बढाउनु परे कति सम्म बढाउने रु कारोबार समय बढाउँदाका सकारात्मक र नकारात्मक प्रभावहरु के के हुन सक्छन रु भन्ने बिषयमा अध्ययन थालेको पनि नेप्सेले बताएको छ । कारोबार समय सम्बन्धी नेप्सेको थालेको अध्ययनमा सरोकारवाला सबैको राय सुझाब समेट्ने भन्दै नेप्सेले सरोकारवालालाई सात दिन भित्र आफ्नो राय सुझाब उपलब्ध गराउन भनेको छ ।

नेप्सेमा सार्वजनिक बिदाका दिन बाहेक अपरान्ह १२ बजेदेखि ३ बजेसम्म हप्तामा पाँच दिन आइतबारदेखि बिहीबार कारोबार हुदै आएको छ । नेप्सेले लगानीकर्ताको आग्रहमा दश बर्ष अघिदेखि हुँदै आएको कारोबार समयलाई परिमार्जन गर्न लागेको हो ।

२० असार २०७३, ११।००

२०७३ असार २० गते ११:३४ मा प्रकाशित

You can share this post!

स्विस बैंकमा नेपालीको ३५ अर्ब, क–कसले खोले होलान् खाता ?

राष्ट्र बैंक दुःखको साथीको रुपमा आउनुपर्यो

Related posts