प्रहरी माथि गोली प्रहार : ४ प्रहरी अधिकृतको मृत्यु, ७ जना घाइते !

डालस । अमेरिकाको डलासमा गत हप्ता अश्वेत नागरिकमाथि प्रहरीले गोली चलाएको विरोधमा आज भइरहेको प्रदर्शनका क्रममा कतैबाट अचानक आएको गोली लागेर चार प्रहरी अधिृकतको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

कसैले कतैबाट प्रहरीमाथि चलाएको गोली लागी तीन प्रहरी अधिकारीको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको हो । बीबीसीका अनुसार प्रहरीले गोली प्रहार गरेको आशंकामा एक जनालाई पक्राउ गरेको छ र ती व्यक्तिसँग विस्फोटक पदार्थ भए नभएको अनुसन्धान गरिरहेको छ।

यो हप्ता अमेरिका प्रहरीले चलाएको गोली लागेर दुई अश्वेत नागरिकको मृत्यु भएपछि रङका आधारमा प्रहरीले कालाहरुमाथि गोली चलाएको भन्दै विरोधमा प्रदर्शन भइरहेका छन्। गत मंगलबार लुजियानामा प्रहरीको गोली लागी ३७ वर्षिय एण्डिल स्टेर्लिङको मृत्यु भएको थियो भने बुधबार प्रहरीको गोली लागेर ३२ वषिर्य फिलान्डो क्यास्टाइलको मृत्यु भएको थियो। फिनाल्डोकी केटी साथीले उनलाई प्रहरीले गोली हानेको भिडियो खिचेकी थिइन्। जुन इन्टरनेटमा भाइरल बनेको छ।

२४ असार २०७३, ११।४५

२०७३ असार २४ गते ११:५७ मा प्रकाशित

You can share this post!

जर्मनीलाई हराउँदै फ्रान्स १६ वर्षपछि युरोकप फाइनलमा !

जाने हैन त यो शनिबार २५ करोडको लागतमा बनेको हुप्पील्याण्ड !

Related posts