back
NMB ad

टर्कीका चरालाई सिरिया जान बन्देज

Kumari bank ad

काठमाण्डौं । हालै टर्की सरकारले आफ्नो देशमा रहेका संकटापन्न प्रजातिका चरालाई सिरिया उडेर जान प्रतिबन्ध लगाएको छ ।

टर्किको वन तथा जल परियोजना मन्त्रालयले देशभित्र रहेका अति संकटापन्न प्रजातिका चराका बथानलाई उडेर छिमेकी सिरिया जानमा बन्देज लगाएको छ । यसरी बसाइँ सरेर गएका चराहरु पुनः फर्के आउने नगरेको र उतै हराउने गरेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको बताइएको छ ।

संकटापन्न नर्दन बाल्ड इबिस जातका २ सय भन्दा बढि चरालाई पक्रिएर पिँजडामा राख्ने योजना सरकारको छ । ता की ती चराहरु उडेर सिरिया नपुगुन् । सिरिया सिमाक्षेत्रस्थित बिरेसिकमा रहेको प्रजनन् केन्द्रबाट प्रजनन् गराएर यो प्रजातिका चराहरुलाई प्राकृतिक वातावरणमा छाड्ने गरिएको छ ।

तर यी चराहरु उडेर सिरिया गएपछि पुनः फर्केर टर्की आउने गरेका छैनन् र उतै मारिने गरेका छन् । जाडो याममा यो प्रजातिका चरा प्रजननका लागि टर्कीबाट उडेर सिरिया हुँदै इथियोपिया सम्म पुग्ने गरेका छन् ।

रस्मरण रहोस् इबिस प्रजातिका चराको संरक्षणका लागि टर्की र सिरियाबीच यसअघि गहन सहकार्य हुँदै आएको थियो । सन् २०१० मा टर्कीले सिरियालाई ६ वटा यो प्रजातिको चरा उपहार दिएको थियो ।

प्रकाशितः २०७३ असार २९

वि.सं.२०७३ असार २९ बुधवार १३:५९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...