केही दिनदेखि स्थिर सुनको भाउ आज आकासियो !

काठमाडौं । केही दिनदेखि स्थिर रहेको सुनको मूल्य आज बुधबार बढेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य बढेर प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बजारमा चाँदीको भाउ पनि बढेको छ । आज बुधबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ९ सय १० रुपैयाँमा कारोवार भइरहेको छ ।

१९ साउन २०७३, १०।००

२०७३ साउन १९ गते ११:३५ मा प्रकाशित

You can share this post!

साढे ३२ हजार विद्यार्थीले लिए एनओसी, साढे १७ अर्ब रुपैयाँ सटही !

पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्याँसमा २५ रुपैयाँ घट्यो !

Related posts