back
NMB ad

गम्भिरता पुर्वक अनुरोध र निवेदन आए स्रोत देखाइदिउँला : ओली

Kumari bank ad

काठमाडौं । निवर्तान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गम्भिरता पुर्वक आग्रह, अनुरोध र निवेदन दिए देश विकास गर्ने स्रोत देखाइदिने बताएका छन् । आज धुम्बाराहीस्थित एमाले मुख्यालयमा प्रेस चौतारी नेपालले आयोजना गरेको विशेष अन्तर संवादमा ओलीले सो कुरा बताएका हुन् ।

kp oli  3
प्रधानमन्त्री चुनिँदै गर्दा पुष्पकमल दाहाल प्रचण्डले संसदको रोष्टमबाटै देश विकास गर्न स्रोत देखाइ दिनुस प्रधानमन्त्री ज्यु भनि गरेको प्रश्नप्रति पत्रकारको जिज्ञासामा जवाफ दिँदै एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास गर्न प्रधानमन्त्री भएका व्यक्ति गम्भिर रुपमा प्रस्तुत हुनु पर्ने बताए ।

kp oli  1
ओलीले नेकपा एमाले कुनै प्रतिशोध र आग्रह पुर्वाग्रहले चल्ने पार्टी नभएको बताउँदै राष्ट्रको हितमा आफु संधै सहकार्य र हातेमालो गर्ने बताए । ओलीले भने “नेकपा एमालेको ध्यान देश र जनताप्रति छ । ”

kp oli
यो सरकारको रवैया प्रति सुरुवातमै असन्तुष्टि वनाउँदै ओलीले विधिसम्मत गरेको राजदुतको सिफारिस गैरराजनीतिक चरित्र देखाउँदै उल्ट्याएकोप्रति आक्रोश पोखे ।
प्रचण्ड सरकारले पहिलो बैठकबाट गरेको निर्णय झुठको पुलिन्दा भन्दै ओलीले मधेस आन्दोलनमा मारिएका परिवारलाई १० लाख राहत पहिल्यै दिइसकेको र घाइतेहरुको नेपालमा मात्रै नभइ विदेशमा समेत उपचार गरिएको र उपचार खर्च व्यहोरिएको विषयलाई अतिरञ्जन गरेर मधेसप्रति बैमान गरेको प्रतिकृया दिए । ओलीले प्रतिप्रश्न गरे मृतक परिवार र घाइतेको नाममा दिइने रकम पार्टीको नाममा माग्नु कतिसम्मको बेइमान काम हो ? उनले भने आन्दोलनमा मान्छे घाइते भए कि पार्टी !

kp oli  2

वि.सं.२०७३ साउन २६ बुधवार १९:५७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...