फोहरबाट बाह्र लाख भन्दा बढी आम्दानी !

काठमाण्डौं । बेनी नगरपालिका कार्यालयले फोहर सङ्कलन र व्यवस्थापनबाट गत आवमा १२ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

सदरमुकाम बेनी क्षेत्रबाट निस्कने फोहरलाई नगरपालिकाले ट्याक्टरमा सङ्कलन गरी जलेश्वर नजिकै कालीगण्डकीको किनारमा थुपारेर जलाउँदै आएको छ । सो फोहरको महसुलबाट उक्त आम्दानी भएको नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले जानकारी दिए । अघिल्लो आवमा  ११ लाख ९१ हजार रुपैयाँ महसुलबाट आम्दानी भएको थियो ।

बेनीबजार, मङ्गलघाट र गलेश्वर क्षेत्रमा रहेका करिब ८०० घरबाट निस्कने फोहर दैनिक रुपमा ट्याक्टरमार्फत सङ्कलन गरिन्छ । फोहर व्यवस्थापन गरेबापत नगरपालिकाले कच्ची र पक्की घर तथा घरको तला अनुसार ५० देखि २ सयसम्म महसुल शुल्क निर्धारण गरेको छ ।

प्रकाशितः २०७३ साउन २७

२०७३ साउन २७ गते १५:४८ मा प्रकाशित

You can share this post!

उपप्रधानमन्त्री महरा चीन र निधि भारत भ्रमणमा जाने !

‘भर्जिन लेक’का रुपमा रहेको दिपाङ ताल अब ‘हनिमुन लेक’ बन्दै !

Related posts