टुरिजम डेभलपमेन्ट बैंकले दिने भयो शतप्रतिशत हकप्रद !

काठमाण्डौं । टुरिजम डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकले ७८ करोड ९६ लाख ४४ हजार रुपैंयाको चुक्ता पूँजीलाई दोब्बर बनाउनका लागि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

गत बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । नियमकबाट स्वीकृति पाए पछि बैंकको साधारण सभाले हकप्रद निष्काशनलाई अन्तिम रुप दिनेछ । गत आर्थिक वर्षमा १९ करोड ३२ लाख रुपैंया खुद नाफा कमाएको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैंयाको हारहारीमा पुग्नेछ ।

३० साउन २०७३, ११।००

२०७३ साउन ३० गते १२:०१ मा प्रकाशित

You can share this post!

चार बैंकको वित्तीय विवरण सार्वजनिक, एभेष्ट बैंक सबैभन्दा अगाडि !

सेयर बजार : आजबाट सिद्धार्थ डेभलपमेण्ट बैंकको कारोबार खुल्यो !

Related posts