‘रेडियो धादिङ’ को प्रसारणमा अवरोधप्रति विरोध

काठमाडौ । प्रेस चौतारी नेपालले सामुदायिक सञ्चार संस्था ‘रेडियो धादिङ’ को प्रसारणमा गरिएको अवरोध प्रति विरोध गरेको छ ।

यही साउन ३० गते जिल्ला वन कार्यालय धादिङको अगुवाइमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले प्रसारण नै अवरुद्ध गर्ने गरी रेडियोको भौतिक संरचनामा आक्रमणको प्रयास गरेको भन्दै विरोध गरिएको हो । चौतारीले समुदायको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध ‘रेडियो धादिङ’को प्रसारण माथिको अवरोध नागरिकको सूचना पाउने अधिकार माथिको हस्तक्षेप भएको ठहर गरेको छ ।

प्रेस चौतारीका महासचिव राजेश राईद्धारा जारी विज्ञप्तिमा सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक लोकतान्त्रिक व्यवस्था विरोधी यस्तो आक्रमणको भत्र्सर्ना गरिएको छ ।

यसैगरी नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधि विवादका घटनामा समाचार सङ्कलनमा गएका पत्रकार माथि प्रहरीले गरेको दमनको पनि चौतारीले विरोध गरेको छ ।

प्रकाशित मिति ः २०७३ साउन ३१

२०७३ साउन ३१ गते १९:५५ मा प्रकाशित

You can share this post!

सार्क उद्यम सहयोग आदानप्रदान सम्बन्धी सम्झौता

होटेलमा भुर्इँ पुछ्ने राम उदियमान पर्यटन व्यवसायी !

Related posts