back
NMB ad

रिक्त ६ सदस्य मनोनित गर्दै राष्ट्रिय पर्यटन व्यवसायी संगठनको बैठक सम्पन्न

Kumari bank ad

काठमाडौ । पर्यटन क्षेत्रको अग्रणी संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले रिक्त ६ सदस्य मनोनयन गर्दै केन्द्रीय समितिको दोस्रो बैठक सम्पन्न गरेको छ । बैठकले विभिन्न कारण देखाई रिक्त रहन पुगेका सदस्यहरुको स्थानमा ङावा ङिमा शेर्पा, कलाधर बराल, वाङछु शेर्पा, मदन भण्डारी, रामहरि शर्मा र हरि श्रेष्ठलाई मनोनयन गरहेको हो ।

सचिवालयसमक्ष राजीनामा पेश गर्ने, बिना लिखित जानकारी लामो समय विदेशमा रहने र केन्द्रीय समितिमा बसेर काम नगर्ने सदस्यहरुलाई स–धन्यवाद विदाई गर्दै रिक्त स्थानमा नयाँ सदस्यहरुको मनोनयन गरेको हो ।

बैठकको नेकपा (एमाले) केन्द्रीय सदस्य तथा पर्यटन प्रर्बद्धन विभाग प्रमुख सूर्य थापाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा पर्यटन प्रर्बद्धन विभाग प्रमुख थापाले सिङ्गो संगठनलाई एकताबद्ध बनाएर पर्यटन क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याए ।

संगठनका अध्यक्ष चन्द्रप्रसाद रिजालको अध्यक्षतामा स्वयम्भुस्थित होटल च्वाईसमा सम्पन्न दोस्रो बैठकले सचिवालयले हालसम्म गरेका काम–कारबाहीको समीक्षा र अनुमोदन गर्नुका साथै सचिवालयका तर्फबाट प्रस्तुत विभिन्न प्रतिवेदनहरुलाई पारित गरेको थियो ।

बैठकमा अध्यक्ष रिजालले संगठनको प्रभावकारी भूमिकाका कारण सबै पर्यटन व्यवसायीले आफुहरुको काम प्रति सन्तोष जनाएको र पर्यटन सम्बन्धी संघ संस्थामा नेतृत्व प्रदान गरेको बताए ।

NNATA 4

संगठनका महासचिव घनेन्द्र श्रेष्ठले केन्द्रीय सचिवालयका तर्फबाट हालसम्मका सम्पन्न गतिविधिहरुसहित आगामी कार्य योजना सहितको प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष पूर्णबहादुर कुँवरले संगठनको आयव्यय विवरण प्रस्तुत गरेका थिए । अध्यक्ष, महासचिव तथा कोषाध्यक्षका तर्फबाट प्रस्तुत प्रतिवेदनहरुमाथिको छलफलमा भाग लिदै सदस्यहरु बच्चुनारायण श्रेष्ठ, तिलक लोहार, लेखनाथ भण्डारी, कृष्णहरि सुवेदी, महेश भट्टराई, नुरु जाङ्गबु शेर्पा, पूर्णचन्द्र भुषाल, तारानाथ लामिछाने र कृष्ण अधिकारी सागर लगायतले आ–आफ्ना महत्वपूर्ण सुझावहरु प्रस्तुतगर्नुका साथै पर्यटन क्षेत्रमा संगठनको घोषित उद्देश्य प्राप्तिमा अझ बढी क्रियाशील र एकताबद्ध हुनुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

बैठकमा नेपालको आर्थिक समृद्धिको आकांक्षालाई अगाडि बढाउने महत्वपूर्ण माध्यम पर्यटन क्षेत्रमा अत्यावश्यक भौतिक संरचनाहरुको निर्माण, पुरातात्विक धरोहरहरुको पुनः निर्माण, संरक्षण र संभाव्य गन्तव्य स्थलहरुको पहिचान, विकास र प्रबद्र्धन जस्ता विषयहरुमा गहन छलफल गरिएको थियो ।

त्यस्तै बैठकले अध्यक्ष वा महासचिवलाई लिखित जानकारी नगराई सचिवालय बैठकमा लगातार तीन पटकसम्म उपस्थित नभएमा सचिवालय सदस्यलाई जिम्मेवारीबाट मुक्त गरिने, लगातार तीन महिनाभन्दा बढी समय बिनाजानकारी केन्द्रीय समिति सदस्य देश बाहिर रहने केन्द्रीय सदस्यलाई उक्त जिम्मेवारीबाट मुक्त गरिने र केन्द्रीय सदस्यमा निर्वाचित वा मनोनित भएर पनि जानकारी नभएको भन्ने र आफ्नो सदस्यता समयमा नै नवीकरण नगर्ने तथा संगठनले निर्णय गरेअनुसारको लेबी÷दायित्व नबुझाउने पदाधिकारी र सदस्यलाई जिम्मेवारीबाट बिदाई गरिने नीतिगत निर्णय लिएको छ ।

त्यस्तै बैठकले अध्यक्ष, महासचिव, कोषध्यक्षले प्रस्तुत गरेका प्रतिबेदनलाई पारित गरेको छ । त्यस्तै बैठकले आव २०७२÷७३ को लेखापरीक्षण प्रतिवेदन तयार गर्न लेखापरीक्षक नियुक्त गर्ने र आगामी साधारण सभाको मिति तोक्ने अधिकार सचिवालयलाई दिने निर्णय गरेको छ ।

१८ भदौ २०७३

वि.सं.२०७३ भदौ १८ शनिवार १९:१५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...