एकै जिल्लामा खुल्यो १२० होटल, ८३ करोड लगानी, आउँछन् वार्षिक ३० हजार पर्यटक !

म्याग्दी । पर्यटक आउने क्रम बढ्न थालेपछि जिल्लामा होटलको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । हाल जिल्लामा होटलको सङ्ख्या १२० नाघेको छ । सदरमुकाम बेनी, पर्यटकीय क्षेत्र घोरेपानी, शिख, भुरुङतातोपानी, सिंगा, दानालगायतका ठाउँमा होटल खुल्ने क्रम बढ्दै गएको छ ।

दुई वर्षअघि जिल्लामा ८७ वटा होटल रहेका थिए । यी सबै होटलमा ८३ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष लीलाराम गौतमले जानकारी दिए।

सञ्चालन भएका होटलमा पर्यटकलाई आवश्यक सम्पूर्ण सुविधा छ । वार्षिक ३० हजारको अनुपातमा तेस्रो मुलुकका पर्यटक भित्रिने जिल्लाका होटलमा २४६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आवमा नयाँ होटल दर्ता एवम् पुरानाको नवीकरणबापत समितिले रु दुई लाख २८ हजार राजस्व सङ्कलन गरेको थियो ।

२० असोज २०७३, १२।००

२०७३ असोज २० गते १३:०६ मा प्रकाशित

You can share this post!

डेभलपमेन्ट बैंकले २३.६ प्रतिशत बोनस सेयर दिँदै

दशैं : खसी किन्नुभयो या किन्दै हुनुहुन्छ ? पढ्नुहोस् खसीको मासु बारे जान्नै पर्ने तथ्य !

Related posts