४५६ मेगावाटको माथिल्लो तामाकोसी २०७५ असारसम्ममा सम्पन्न हुने

काठमाडौ । भूकम्प र नाकाबन्दीले निर्माण रोकिँदा अनिश्चित बनेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २०७५ असारसम्ममा पूरा हुने भएको छ ।

डेढ वर्षअघिको भूकम्पले झण्डै एक वर्ष रोकिएको आयोजनाको काम पूर्व निर्धारित तालिकाभन्दा दुई वर्ष ढिला गरी पूरा हुन लागेको हो ।

भूकम्प र नाकबन्दीले ढिलाई भएपछि आयोजना आउँदो २०७५ को असारसम्म काम सकिने गरी नयाँ योजना तयार गरिएको छ ।

भूकम्पले पहुँचमार्गमा सडकमा ठूलो क्षति पुर्‍याएपछि बाँधस्थलको काम प्रभावित भएको थियो ।

कारोबार दैनिकबाट साभार

प्रकाशित मितिः २०७३ कार्तिक ५

२०७३ कार्तिक ५ गते ०९:०० मा प्रकाशित

You can share this post!

सोल्टी होटलले पोखरा र नेपालगञ्जमा चार तारे होटल बनाउँदै

थाहा पाईराख्नुस्, कार्तिक ९ गतेदेखि ३० लाख कित्ता आईपीओ निष्काशन हुँदै

Related posts