back
NMB ad

लक्ष्मिपूजाका लागि बालिएको दियोले पर्सामा आगलागी हुँदा लाखौंको क्षति !

Kumari bank ad

पर्सा । पर्साको विभिन्न तीन ठाउँमा आज बिहान आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।

लक्ष्मीपूजाका लागि बालिएको दियोबाट पर्साको हपुर गाविसमा र विद्युत्को तार सर्ट भई वीरगन्ज उपमहानगरपालिकाको दुई स्थानमा आगलागी भएको हो ।

तीनै स्थानमा भएको आगलागीमा परि  ६२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगन्जको उपमहानगरपालिका–१३ आदर्शनगर स्थित टायर गोदाममा विद्युत्को तार सर्ट भई आज बिहान आगलागी हुँदा रु ६० लाखभन्दा बढीको ३०० थान टायर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय गोविन्द साहको टायर गोदाममा बिहान ३ः३० बजे सुरु भएको आगलागी वीरगन्ज उपमहानगरपालिका कार्यालयबाट गएको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बिहान ५ः३० बजे नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले जानकारी दिए ।

आगलागीमा परि रु २५ हजार प्रतिथान मोल पर्ने ३०० थान टायर जलेर नष्ट भएको व्यापारी साहले प्रहरीलाई जानकारी दिएको उपरीक्षक श्रेष्ठले बताए ।

यसैबीच विद्युत् तार नै सर्ट भई वीरगन्ज उपमहानगरपालिका–८ लाठगलीमा रहेको विणयकुमार साहको कम्प्युटर पसलमा आगलागी भएको छ । करिब १२ः३० बजेबाट सुरु भएको आगलागी नगरपालिकाको बारुणयन्त्र र प्रहरीको सहयोगमा बिहान डेढ बजे नियन्त्रणमा लिइएको उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

आगलागीमा परि पसल भित्र र रहेको करिब रु ६० हजार मूल्य बराबरको कम्प्युटरका पार्टसलगायतका वस्तु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

दीपावलीको पूजाअर्चना पछि घरभित्र बालेको दियोबाट आगो सल्किदा पर्साको हरपुर गाविस–६ निवासी राजकुमार यादवको घरमा आगलागी भएको छ ।

आगलागीमा परि यादवको घरमा रहेको लत्ताकपडा, भाडा, अन्न, नगद तथा जिन्सी गरी रु एक लाख ६० हजारको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

राति १२ः४५ बजेबाट सुरु भएको आगो स्थानीय बासिन्दा र नेपाली प्रहरीको सहयोगमा दुई घन्टापछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १५

वि.सं.२०७३ कात्तिक १५ सोमवार १०:३१ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...