पटका पड्काउँदा आगलागी,लाखौंको क्षति

सप्तरी। सप्तरीको छुट्टाछुट्टै ठाउँमा मङ्गलबार आगलागी हुँदा रु पाँच लाख मुल्य बरावरको क्षति भएको छ ।

जिल्लाको विषहरिया–७ मा पटाका पड्काउने क्रममा आगलागी हुँदा स्थानीयवासी हरिनारायण यादवको दुईवटा घर जलेर नष्ट भएको छ ।

यस्तै सप्तरीको पोर्ताहा–४ का असर्फी लोहटिया यादवको गाईगोठमा बालेको घुरबाट अचानक आगलागी हुँदा निजको गाईगोठ र पूजा घर पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

त्यस्तै सोही आगोबाट छिमेकी लक्ष्मण यादवको गाईगोठ पनि नष्ट भएको प्रहरीले बताइएको छ । सो आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः २०७२ कार्तिक १७

२०७३ कार्तिक १७ गते ०८:३५ मा प्रकाशित

You can share this post!

जम्बु काश्मिरमा भारत र पाकिस्तानबीच गोली हानाहान, १४ को मृत्यु

६० सदस्यीय दलबल सहित नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति मुखर्जीको भव्य स्वागत

Related posts