back
NMB ad

सेयरमा दोहोरो अंकको गिरावट, कारोबार रकम बढ्दा लगानीकर्ता भने आशाबादी

Kumari bank ad

काठमाडौ । सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बजार परिसूचक नेप्से १३.०९ अंकले तल झरेर १७४९.१२ विन्दुमा आएर रोकिएको छ ।

तिहारपछिको दोस्रो कारोबारको दिन सोमबार नेप्से झ्याप्पै ओरालो लागेको हो। दसैं, तिहार, छठलगायतका पर्व सकिएकाले अब विस्तारै बजारको गति लिने लगानीकर्ताको आशा रहे पनि बजार ओरालो लागेको छ ।

बजारमा तरलता अभावको चर्चा भएकै कारण बजार घट्न गएको अनुमान लगाईएको छ  । यद्दपी विश्लेषकहरु हकप्रद सेयर र लाभाँस वितरणको कार्य भईरहेकाले आत्तिन नपर्ने बताउँछन् । तापनि बजार कुन गतिमा अगाडि बढ्छ भन्ने अझै अनुमान लगाउन गाह्रो छ ।

नेप्से घटे पनि सोमबार कारोबार रकममा भने केही सुधार आएको छ । यस दिन ६८ करोड ७४ लाख ८८ हजार रूपैयाँको सेयर कारोबार भएको छ । गत बिहीबार भने ५३ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
सोमबार कुल एक सय ३४ कम्पनीको आठ लाख ८१ हजार पाँच सय ३३ कित्ता सेयर किनबेच भयो ।

बिहबार जस्तै सोमबार पनि सबैभन्दा बढी सिभिल बैंकको सेयर किनबेच भएको छ । यो बैंकको मात्र पाँच करोड २५ लाख ६५ हजार रूपैयाँको सेयर कारोबार भयो ।

सोमबार अधिकाँस बजार हिस्सा ओगट्ने वाणिज्य बैंक समूहको परिसूचकमा १८.०१ अंकले गीरावट आएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २२

वि.सं.२०७३ कात्तिक २२ सोमवार १८:२९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...