थाहा पाईराख्नुहोस् है, फाईनान्स कम्पनीले पायो २९ करोड ५४ लाख रुपैंया बराबरको शेयर निष्काशन अनुमति

काठमाडौ । ललितपुरको मानभवनमा केन्द्रिय कार्यालय रहेको सगरमाथा फाइनान्सले ८० प्रतिशत अर्थात् (१०ः८) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले यसै साता धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता शेयर निस्काशन गर्न लागेको हो । कम्पनीले एनआइबिएल क्यापिटललाई निस्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल कम्पनीको ३१ करोड रुपैयाँ ८७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ नाघ्नेछ ।

संस्थाले देशका विभिन्न स्थानमा रहेका १० वटा शाखा कार्यालयहरुबाट सेवाग्राहीहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २७

२०७३ कार्तिक २७ गते ०९:०१ मा प्रकाशित

You can share this post!

विकास बैंकको १२ करोडको सेयर आउँदै

सेयरमा रातो झण्डा ६५ अंकको गीरावट, तैपनि कुन–कुन कम्पनीले कमाए हेर्नुहोस् !

Related posts