back
NMB ad

२० आरोहीको नागरिक अभिनन्दन

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मकालु र कञ्चनजङ्गा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीलाई आज नागरिक अभिनन्दन गरेको छ ।

मकालु र कञ्चनजङ्घा हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा नारायणहिटी सङ्ग्रहालयमा आयोजित विशेष कार्यक्रममा २० भन्दा बढी आरोहीलाई सम्मान गरिएको हो । सन् १९५५ मे १५ मा मकालु र मे २५ मा कञ्चनजङ्गा हिमालको पहिलो आरोहण सफल भएको थियो । विश्वको पाँचौँ अग्लो मकालु (आठ हजार ४६३ मि) र तेस्रो अग्लो कञ्चनजङ्घा (आठ हजार ५८६ मि) हिमाल हो ।

summit_kanchenjunga

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेशराज आचार्यले नेपाललाई विश्वसामु पहिचान गराउने हिमाल आरोहणको हीरक महोेत्सवले विश्व पर्यटन बजारमा नेपालको प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पर्यटन विभागका महानिर्देशक जयनारायण आचार्यले नेपाल पर्वतारोहणका लागि सुरक्षित रहेको सन्देश विश्वमा प्रवाह गर्न महोत्सव उपयोगी हुने बताए ।

कामपाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापा र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न महोत्सवको भूमिका हुने बताए ।

युनियन अफ इन्टरनेसनल एसोसिएसनका अध्यक्ष फ्रिस्ट भ्रिजल्याड, युनियन अफ अल्पाइन क्लबका अध्यक्ष डा इन जोडलीले जलवायु परिवर्तनका कारणले नेपालका हिमाल कालो पत्थरमा रुपान्तरित भइरहेकामा चिन्ता व्यक्त गरे ।

“नेपाल हाम्रो दोस्रो घर जस्तै लाग्छ, यहाँका सुन्दर हिमालयले हामीजस्ता धेरैलाई आकर्षित गरिरहन्छन्, त्यसैले हामीलाई यहाँ आइरहन मन लाग्छ”–आरोहीहरुले भने ।

त्यसअघि टुँडिखेलबाट ठमेल, लैनचौर हुँदै नारायणहिटी सङ्ग्रहालयसम्म प्रभातफेरि आयोजना गरिएको थियो । प्रभातपफेरिमा स्वदेशी तथा विदेशी आरोही, पर्यटन व्यवसायीलगायतको सहभागिता थियो ।

४ मङ्सिर २०७३

वि.सं.२०७३ मंसिर ४ शनिवार १३:१० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...