back
NMB ad

मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता

Kumari bank ad

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेड र सम्सारा रेमिट प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले मंगलबार रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यो सम्झौतापछि सम्सारा रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, सम्सारा रेमिटको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ ।

सम्सारा रेमिटसँगको साझेदारीपछि विशेषगरी खाडी, जापान, युरोप, मलेसियाबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । सम्सारा मनीग्रामको सुपर एजेन्ट भएका कारण सबै देशबाट रकम पठाउन मनीग्रामबाट आएको रकम पनि मेगा बैंकबाट भुक्तानी लिन सकिने बताइएको छ ।

मेगा बैंकको देशभर ४० वटा शाखा कार्यालय तथा देशभरि छरिएका १४ सय एजेन्ट छन् ।

प्रकाशित मितिः २०७३ पुस १२

वि.सं.२०७३ पुस १२ मंगलवार १७:१८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...