काठमाण्डौं । आज शुक्रवार स्थनीय बजारमा सुनको भाउ तोलाको ३ सयले उकालो लागेको छ । बिहीवार ५२ हजार ७ सयमा कारोवार भएको सुन आज बढेर ५३ हजार प्रतितोला पुगेको हो ।
बुधबारदेखि लगातार सुनको भाउ बढिरहेकोछ । बुधाबार तोलाको ४ सयले बढेको सुन हिजो बिहीबार पनि तोलाको ३ सयले बढ्न पुगेको थियो । आज चाँदीको भाउमा भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी तोलाको ७ सय ६५ मा किनबेच भइरहेको छ ।
१५ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस १५ शुक्रवार ११:३८ मा प्रकाशित