back
NMB ad

चन्द्रागिरी डाँडामा हिउँ पर्यो, काठमाण्डौंमा वर्षकै सबैभन्दा बढी चिसो

Kumari bank ad

काठमाण्डौं। काठमाण्डौँको चन्द्रागिरी डाँडामा हिउँ परेको छ। चन्द्रागिरी डाँडा, भालेश्वर मन्दिर, केबल कारको टप स्टेसन लगायतका स्थानमा आइतबार दिउँसो हिउँ परिरहेको चन्द्रागिरी केबलकारका सञ्चालक अम्बिका पौडेलले जानकारी दिए ।

भारतको जम्मु काश्मिर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ। शनिबार भारत हुँदै सुदूर पश्चिमबाट नेपाल छिरेको पश्चिमी वायुको प्रभावले हिमाली भेगमा हिमपात भएको छ भने पहाडी क्षेत्रमा वर्षा र तराईमा  बाक्लो कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चन्द्रागिरी समुद्री सतहबाट २५५१ मिटर उचाइमा पर्छ। इस्वी संवतको नयाँ वर्षको दिन केबल कार चढेर चन्द्रागिरी पुगेकाहरुले हिउँ पर्दै गरेको फोटो फेसबुकमा राखेका छन्।

भारतको जम्मुकाश्मिरबाट आएको हावाले नेपालमा चिसो बढाएको मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ । शनिबारबाट देशभर चिसो बढेको छ । मौसममा सुधार हुन अझै दुई दिन लाग्ने विभागले जनाएको छ ।

राजधानीको न्युतम तापक्रम ५ डिग्रीबाट घटेर ४ दशमलव ५ र अधितम २० डिग्रीबाट घटेर १९ दशमलब ५ पुगेको छ ।

१७ पुस २०७३, १।३०

वि.सं.२०७३ पुस १७ आइतवार १४:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...