back
NMB ad

हेर्दाहेर्दै १४४७ अंकमा झरिसक्यो सेयर !

Kumari bank ad

काठमाडौ । आइतबार सेयर बजार ६.६९ अंकले घटेर १४४७.४५ अंकमा झरेको छ । होटलबोहक कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै बीमा समू्ह ११.१७ अंकले घटेको छ भने विकास बैंक १०.९२ अंकले घटेको छ । त्यस्तै बैंकिङ, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ६.८७, ४.४७, ७.३ र ५.२ अंकले घटेका छन् । होटल समूहको परिसूचक भने ३३.२२ अंकले बढेको छ ।

आईतबार परिसूचक घटेपछि कारोबार रकममा सामान्य सुधार आएको छ । आइतबार ४१ करोडको कारोबार भएको छ । दिनभरिमा १३१ वटा कम्पनीको १७ लाख ६८ हजार ९ सय ६२ कित्ता सेयरको  ४१ करोड १८ लाख ३० हजार पाँच सय ८६ रुपैयाँको किनबेच भयो ।

कुल कारोबारमध्ये, बैंक अफ काठमाण्डू लुम्बिनीको नौ करोड १२ लाख ४३ हजार एक सय ५३ रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन्स बैंकको तीन करोडमाथिको कारोबार भएको छ । कुमारी बैंकको एक करोड ८४ लाख र प्राइम कमर्सियल बैंकको डेढ करोडको कारोबार भएको छ । एभरेष्ट बैंकको झन्डै डेढ करोडको कारोबार हुँदा नेपाल टेलिकमको पनि एक करोडमाथिको कारोबार भएको छ । सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एसिया बैंकको क्रमशः ८३ लाख, ७७ लाख र ७३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मितिः २०७३ पुस २४

वि.सं.२०७३ पुस २४ आइतवार १९:३८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...