back
NMB ad

तीतेपाती लगायतबाट बनेको सुगन्धित तेल युरोप र अमेरिकी बजारमा

Kumari bank ad

रोल्पा । जिल्लामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ। यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका अधिकृत विजय श्रेष्ठले दिए।

उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको उत्पादन गर्दै आएको भएपनि दुई वर्षदेखि जडिबुटी प्रसोधन गरी तेल निकाल्न सुरु गरेको हो।

यसरी जिल्लामा उत्पादित तथा प्रसोधित सुगन्धित तेल तथा अन्य जडिबुटी नेपालगन्ज र काठमाडौँका व्यापारीले खरिद गर्दै आएकोमा पछिल्ला दिनमा सिधै भारत, युरोप र अमेरिका निर्यात हुन थालेको श्रेष्ठको भनाइ छ।

मिझिङ गाविसका किसानहरुले विभिन्न सामुदायिक वनहरु तथा बाँझो जमिनबाट तीतेपाती सङ्कलन गरी सुनाछहरी जडिबुटी प्रसोधन केन्द्रमा प्रसोधन गरी सुगन्धित तेल उत्पादन तथा बजारीकरण गर्दै आएका छन्। हाल टिमुरबाट पनि सुगन्धित तेल निकाल्नका लागि तयारी भइरहेको छ। श्रेष्ठका अनुसार जडिबुटी खेती तथा प्रसोधनबाट हालसम्म मिझिङ गाविसका १०७ घरधुरी लाभान्वित भएका छन्।

यसरी जडिबुटी उत्पादन तथा प्रसोधनका लागि सामुदायिक वनमा आबद्ध भएका ब्यक्तिहरु, थोरै भएपनि खेतीयोग्य जमिन भएका परिवारहरु, सामुदायिक वनका ‘ग’ वर्गका उपभोक्ताहरु तथा सिँचाइको सुविधायुक्त जमिन हुने घरधुरीलाई प्राथमिकतामा राखिएको छ।

मिझिङ–७, छिर्नेमा करिब पाँचलाख मूल्य बराबरको मेसिन राखिएको भएपनि व्यवस्थित हुन नसकेपछि हाल मेसिन सुलिचौर–१ रुइनिबाङमा पुनःस्थापना गरिएको छ। डिस्टिलेसन युनिटबाट जडिबुटी प्रसोधन गरी सुगन्धित तेल निकालिन्छ। हाल समूदायको मातहतमा रहेको जडिबुटी प्रसोधन केन्द्रलाई निकट भविष्यमा स्थानीय जडिबुटी व्यापारीद्वारा व्यवस्थापन गर्ने बताइएको छ।

यसरी व्यवस्थापन भइसकेपछि ती व्यापारीले समुदायबाट कच्चा जडिबुटीहरु, तीतेपाती र सिट्रोनेला खरिद गरी प्रसोधन गर्नेछन्। यसरी अगाडि बढ्दा जडिबुटीका कृषकहरुलाई बजारीकरणमा सहजता हुनुका साथै जडिबुटीको उचित व्यवस्थापन हुने परियोजनाले जनाएको छ।

औषधिको रुपमा, सृङ्गारका सामग्री निर्माण गर्न तथा सरसफाइका सामग्रीहरु बनाउनका लागि यी तेलहरु प्रयोग गर्ने गरिन्छ।

मिझिङ–६ छिर्ने, रोल्पाका रुपलाल महराका अनुसार मेन्थाबाट सोचेअनुसार आम्दानी हुन सकिरहेको छैन तर तीतेपातीबाट मनग्य आम्दानी हुँदै आएको छ।

यस्तै, मिझिङ–९ रोल्पाका गोवद्र्धन महराका अनुसार खेर गइरहेको तीतेपातीबाट सोचेभन्दा बढी आम्दानी भएपछि उनको दैनिकी नै फेरिन थालेको छ।

वन जङ्गलमा खेर गइरहेको जडिबुटी सङ्कलन गरी बजारीकरण गर्न पाउँदा फुर्सदको समयको सदुपयोग पनि हुने र दैनिक खर्च चलाउनका लागि आम्दानी पनि हुने भएपछि हर्षित भएका किसानहरुलाई यो कार्यक्रम २०७३ फागुनसम्म मात्र रोल्पा जिल्लामा सञ्चालन हुने जानकारी भएपछि भने चिन्तित बन्दै गएका छन्।

हाल दाङ, बाँके र रोल्पा जिल्लामा सञ्चालनमा रहेको कार्यक्रमको रोल्पा जिल्लामा समयावधी थप गर्नुपर्ने सम्वन्धित जडिबुटी खेतीमा आबद्ध किसानहरुको माग छ।

७ माघ २०७३, रासस, ११।००

वि.सं.२०७३ माघ ७ शुक्रवार १२:१२ मा प्रकाशित

You can share this post!

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...