भारी हिमपातले जनजीवन प्रभावित भएपनि कृषकहरु खुसी !

कालीकोट। कालीकोट जिल्लामा वर्षासँगै भएको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहानबाट आएको वर्षासँगै हिमपातले जिल्लाका माथिल्लो क्षेत्र धोलागोह, खिन, फोइमहादेव, ओदानकु, रुप्सा, जुविथा, चिल्खाया, छाप्रे,पाङ्खा र सदरमुकाम मान्मालगायतका गाविसमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

बिहानैदेखि कालीकोट जिल्लालगायत कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा भारी हिमपात भइरहेको छ ।

हिमपातसँगै आएको वर्षाले कृषकमा भने खुसी ल्याएको छ । स्थानीय कृषकले लगाएको गहुँ तथा जौ बालीलाई बर्षाले राम्रो गर्ने हुँदा कृषकलाई राहत भएको हो ।

प्रकाशित मितिः २०७३ माघ १४

२०७३ माघ १४ गते १५:२८ मा प्रकाशित

You can share this post!

एनआइडिसी बैंकलाई वाणिज्य बैंकमा गाभ्ने मन्त्रिपरिषद्को यो कस्तो निर्णय ?

NRA releases Rs 11.75b for second tranche of aid

Related posts