३ वर्षदेखी बन्द आयोजनाबाट ३.१ मेगावाट विद्युत् उत्पादन सुरु

सिन्धुपाल्चोक । जुरे पहिरो, भूकम्प, नाकाबन्दी र बाढीले क्षति पु¥याई करिब तीन वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी गाविसस्थित ३.१ मेगावाट क्षमताको भैरवकुण्ड जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ । आयोजनाले बिहीबारदेखि व्यापारिक उत्पादन सुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले जानकारी दिएका छन् ।

रु १० करोडको लागतमा मर्मत गरिएको उक्त आयोजनाले गत पुस २९ गतेदेखि परीक्षण उत्पादन थालेको थियो । हाल एक मेगावाट विद्युत् मात्र उत्पादन भएको र त्यहाँ उत्पादित विद्युत् लामोसाँघु सव–स्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

प्रकाशित मितिः २०७३ माघ १५

२०७३ माघ १५ गते ०८:५७ मा प्रकाशित

You can share this post!

सेयरमा गीरावट आउँदा वा कम्पनी डुब्ने अवस्थाको नोक्सानीबाट कसरी बच्ने ?

गरिब दलितलाई सरकारले ६३० घर बनाइदिने

Related posts