back
NMB ad

वास्तवमा मन्त्रीहरु किन आउँछन् जान्छन् ?

Kumari bank ad

रुपन्देही। प्रदेशको राजधानी र स्थानीय  निर्वाचनलाई  लक्षित गरेर रुपन्देहीमा मन्त्रीहरु तथा नेताहरु आवतजावतमा तीव्रता आएको छ । महत्वपूर्ण कार्यक्रमभन्दा  पनि आफ्नो उपस्थिति देखाउन र कार्यकर्तासँग नजिक हुनका लागि मन्त्रीहरु रुपन्देहीमा पटकपटक आउने गरेका छन् । रुपन्देहीमा शनिबार तीन मन्त्री विभिन्न कार्यक्रमा  सहभागी भए।

रक्षामन्त्री बालकृष्ण खाँण, वनमन्त्री शङ्कर भण्डारी, वाणिज्य तथा आपूर्तिमन्त्री  दीपक बोहरा बुटवल तथा आसपासका कार्यक्रममा गएका हुन् । रक्षामन्त्री बालकृष्ण खाँण  रुपन्देही जिल्लामा बिहानैदेखि व्यस्त देखिन्थे । उनले तिलोत्तमा नगरपालिका–१७ को सामाजिक भवन शिलान्यास गरे । मन्त्री खाँणले नेपाल मुस्लिम सङ्घ रुपन्देहीको दोस्रो अधिवेशन भैरहवा उद्घाटन गरे ।

उनले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने हर्नेया–९ मा सामाजिक भवनको पनि शिलान्यास गरे । उनले आईतबार बिहान बिपी स्मृति भवनको आनन्दवन गाविसमा भवनको उद्घाटन गरे । यस्तै यज्ञदय बहुमुखी क्यापसको  भवन पनि उद्घाटन गर्ने अनि दिउँसो सहिद दिवसको अवसरमा हुने कार्यक्रममा मन्त्री खाँण सहभागी हुने पार्टी जिल्ला सचिव रामकृष्ण खाँणले बताए ।

रुपन्देही  क्षेत्र नं ३ का सभासद्समेत रहेका खाँणले निर्वाचनलाई केन्द्रित गरेर जिल्लामा आवतजावतलाई तीव्रता दिएको पार्टीका नेताहरुले बताएका छन् ।

त्यस्तै वनमन्त्री शङ्कर भण्डारी  शिवनगर सामुदाय बुटवल–९ को साधारणसभा तथा अधिवेशनको अवसरमा शनिबार दिउँसो बुटवल पुगे । उनी वन कार्यालय अरु कार्यक्रमसँगै केही कार्यकर्ता भेटघाटमा पनि व्यस्त रहे । नेपाली काँग्रेसका केन्द्रीय नेतासमेत रहेका भण्डारीले पार्टी कार्यकर्तासँग भेटघाट गरे । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि कुमार केसीले नेताहरु आवतजावतमा हिजोआज तीव्रता पाएको बताए ।

यसैगरी वाणिज्य तथा आपूर्तिमन्त्री  दीपक बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टीको बुटवल नगर अधिवेशन उद्घाटन गर्न शनिबार दिउँसो बुटवल पुगे । औपचारिक कार्यक्रमपछि उनले कार्यकर्तासँग भेटघाटमा पनि तीव्रता दिए ।

अब हुने पार्टीको राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी स्थानीयस्तरमा कार्यकर्ता बलियो बनाउने उद्देश्यले उनी बुटवल आएको उक्त पार्टीका नेताहरुले बताएका छन् । रुपन्देही गृहजिल्ला भएका बोहरा पार्टीका उपाध्यक्षसमेत  हुन् ।

प्रकाशित मितिः २०७३ माघ १६

वि.सं.२०७३ माघ १६ आइतवार १२:०१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...