३९ प्रतिशत बोनसको मौका छुट्ला है, आज अन्तिम दिन

काठमाण्डौं । सिद्धार्थ बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभाका लागि भोलि बिहीबारबाट बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द हुदैँछ ।

बैंकले गत बर्षको खुद नाफा र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकलाई मर्ज गर्दाबाट बचेको स्वापबाट लगानीकर्तालाई ३९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

बैंकले यसअघि ४८.७५ प्रतिशत बोनस दिने प्रस्ताव गरे पनि केही समय अघि बिक्री गरेको २५ प्रतिशत हकप्रदलाई समेत हिसाब गर्दा त्यो ३९ प्रतिशत हुने कम्पनीले जनाएको छ । हकप्रदमा नबिकेको सेयर सकार्नेले समेत बैंकले प्रस्ताव गरेको लाभांस पाउनेछन् । बुधबार मात्रै बैंकले लिलामीमा राखेको सेयरको बाँडफाँट गरेको छ ।

बैंकले फागुन ५ गतेका लागि साधारणसभा राखेको छ । आगामी फागुन पाँच गतेको साधारणसभाबाट बैंकले फेरि ३० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्देछ ।

१९ माघ २०७३, ११।००

२०७३ माघ १९ गते ११:४१ मा प्रकाशित

You can share this post!

कतै तपाईले एक लाख १३ हजार छ सय ६० कित्ता सेयर गुमाउनु त भएन ?

आज सुन र चाँदी दुबैको भाउ बढ्यो, कति पुग्ला अब ?

Related posts