काठमाडौ । नेपाल धितोपत्र बोर्डले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको आईपिओलाई निष्काशन अनुमति दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले बिहिबार उक्त स्विकृति दिएको हो । यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दालाई ११ लाख ५० हजार कित्ता शेयर जारी गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो ग्रेडले कम्पनीको सबै पक्षहरू बलियो रहेको संकेत गर्छ ।
कम्पनीले तल्लो मोदी खोलामा १० मेगावाट आयोजना निर्माण गरिसकेको छ भने तल्लो मोदी खोलामा १० मेगावाटको आयोजना निर्माण गर्न लागेको छ ।
प्रकाशित मितिः २०७३ माघ २०
वि.सं.२०७३ माघ २० बिहीवार १२:३६ मा प्रकाशित