back
NMB ad

एमाले पार्टीको रणनीति बदलियो

Kumari bank ad

काठमाडौ । स्थानीय निर्वाचन मिति घोषणा भएको स्थितिमा संविधान संशोधन प्रस्ताव छलफलपछि मतदानबाट टुंग्याउन अवरुद्ध संसद् खुलाउने निष्कर्षमा पुगेको एमालेले पार्टीको रणनीति बदलेको छ। प्रस्तावको विपक्षमा मतदान गर्ने गरी सदन खुलाउने निष्कर्षमा पुगेको एमालेले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले जसरी पनि संशोधन पारित गरेपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने मोर्चासँग सहमति गरेपछि रणनीति बदलेको हो।

‘शेरबहादुरजीले विपक्षीबाट चोरेर भए पनि संशोधन पारित गर्न साम, दाम, दण्ड, भेदको नीतिअनुसार दुईतिहाइ पु¥याउने कुरा गर्नुभयो, यो अत्यन्त घिनलाग्दो खेलको प्रस्ट संकेत हो,’ उपाध्यक्ष वामदेव गौतमले भने, ‘अब संशोधन प्रस्ताव फेल हुने सुनिश्चित देखिए मात्रै मतदानका लागि सदन खोल्ने निर्णयमाथि पुनर्विचार गर्छौँ, अन्यथा अवरोध गरेर भए पनि राष्ट्रिय हितविरुद्धको प्रस्ताव पारित हुन दिन्नौँ।’

यसअघि एमालेले निर्वाचन मिति घोषणा भए संशोधन प्रस्तावको सट्टा राष्ट्रिय सभाको निर्वाचकमण्डल फेर्ने गरी पूरक संशोधन ल्याइए मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने मूल्यमा पारित गर्न तयार रहेको संकेत गरेको थियो। बालुवाटार स्रोतका अनुसार संविधान संशोधनपछि मिति घोषणा गर्ने मोर्चाका नेताहरूसँगको सहमतिपछि प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीसहित शीर्ष तहका नेताहरूसँग अनौपचारिक संवाद गर्ने ‘मुड’मा छन्। आगामी १० फागुनसम्म संसद् स्थगित भए पनि यसबीचमा अनौपचारिक संवादबाटै एउटा सहमतिमा पुग्न सकिनेमा उनी आश्वस्त छन्।

‘नयाँ पत्रिका दैनिकबाट साभार

प्रकाशित मितिः २०७३ माघ २५

वि.सं.२०७३ माघ २५ मंगलवार ०८:१६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...