back
NMB ad

नेप्सेले दुई विकास बैंकको सेयर कारोबार रोक्यो, यस्तो छ कारण

Kumari bank ad
काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले दुई विकास बैंकको सेयर कारोबार रोकेको छ ।  भिबोर सोसाइटी बिकास बैक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको मर्जर प्रकृया सुरु भएसँगै यी कम्पनीको सेयर कारोबार रोकेको हो।  नेप्सेले मंगलबार देखि यी कम्पनीको कारोबार रोक्का गरेको जनाएको छ।
सोमबार दुई कम्पनीबीच मर्जरको सहमति बनेको थियो। मर्ज गर्नकालागि भिबोरका अध्यक्ष सुशीलराज पराजुली र लुम्बिनीका अध्यक्ष चिन्तामणी भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
दुबै संस्था मर्ज भएपछि चुक्ता पूँजी दुई अर्ब ३७ करोड पुग्नेछ। त्यसैगरी निक्षेप १७ अर्व, कर्जा प्रवाह १५ अर्व तथा शाखा संख्या ४९ पुग्नेछ।
मर्जपछि बन्ने बिकास बैंकको नाम लुम्बिनी बिकास बैंक लिमिटेड रहने छ भने अध्यक्षमा भिबोर सोसाइटीका अध्यक्ष पराजुली हुनेछन्। बैंकको प्रमुख कार्यकारी अधिकृतमा भिबोरकै झलकप्रसाद खनाल रहने र नायब प्रमुख कार्यकारी अधिकृतमा लुम्बिनीका सिइओ उमेश रेग्मी रहने सहमति भएको छ।  सेयर आदान प्रदान अनुपात भने डिडिएबाट तय गर्ने जनाइएको छ।
२५ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २५ मंगलवार ११:१९ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...