सुदूरपश्चिमममा भूकम्पको धक्का,सतर्क रहन आग्रह !

दार्चुला । सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई  केन्द्रविन्दु बनाएर आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ । बिहान ११ बजेर १३ मिनेट जाँदा सो भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थ दहालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले सो भूकम्पबाट हालसम्म कुनै प्रकारको क्षति नभएको सूचना प्राप्त भएको जानकारी दिएका छन् ।

यसअघि माघ २५ गते राति पनि भारतको उत्तराखण्ड प्रदेशको बद्रीनाथ क्षेत्र आसपास केन्द्र बनाएर ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प जाँदा त्यसको असर नेपालको सुदूरपश्चिम क्षेत्रमा महसुस भएको थियो । त्यसको असर अर्थात् पराकम्पहरु गईरहन सक्ने हुनाले सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मितिः २०७३ माघ २८

२०७३ माघ २८ गते १४:०६ मा प्रकाशित

You can share this post!

शतप्रतिशत हकप्रद र ३८ प्रतिशत बोनस जारी गर्दैछ बैंक, मौका नगुमाउनुहोस्

भारतले ‘गोप्य आणविक सहर’ बनाउँदै,एसिया क्षेत्रमा सुरक्षा खतराः पाकिस्तान

Related posts