नेपालको हवाई उड्डयनमा लगाइएको प्रतिबन्धबारे इयुले निर्णय पुनरावलोकन गर्ने

काठमाडौ। बेल्जियममा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको हवाई उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन युनियनका उच्च अधिकारीसँग आग्रह गरेका छन् ।
युरोपियन युनियनको विदेश तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडरिका मोगरिनीसँग भएको भेटवार्तामा मन्त्री डा. महतले सो आग्रह गरेको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिएका छन् । युनियनले नेपाली उडानहरुमा हवाई सुरक्षा मापदण्ड पूरा नभएको भन्दै विगत केही समययतादेखि नेपाली हवाई उड्डयनमा प्रतिबन्ध लगाउँदै आएको छ ।

यस्तो मापदण्ड नेपाली उडानमा अब पूरा भएकाले उक्त प्रतिबन्ध फुकुवा गर्न मन्त्री डा महतले गरेको अनुरोधको जवाफमा मोगरिनीले यस प्रावधानको पुनरावलोकन गरी हेर्ने र आवश्यक कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मितिः २०७३ फागुन ५

२०७३ फागुुण ५ गते १५:४५ मा प्रकाशित

You can share this post!

चुलियो सूचक, उत्साहित लगानीकर्ताले २७ अंकले बढाए सेयर बजार

कृषि विकास बैंकको मासिक ब्याज पाईने “बिशेष मुद्धती निक्षेप योजना”

Related posts