back
NMB ad

२१ प्रतिशत बोनस,५० प्रतिशत हकप्रद पछि पुनः२० प्रतिशत हकप्रद दिंदै बैंक

Kumari bank ad

काठमाडौ । कुमारी बैंक लिमिटेडले फेरि २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सञ्चालक समितिको सोही बैठकले साधारण सभाको मिति समेत तय गरेको छ । बैंकले आगामी चैत्र ९ गतेका लागि साधारणसभा डाकेको छ । जसका लागि फागुन २० गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

उक्त साधारणसभाले हाल कायम चुक्तापुँजीको २१ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद निष्काशनका लागि कुमारीले धितोपत्र बोर्डबाट स्वीकृत पाइसकेको छ । हाल कुमारी बैंकको चुक्तापुँजी दुई अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बोनस सेयर र हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुग्नेछ ।

यसबाहेक, कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी छ अर्ब रुपैयाँ नाघ्नेछ । त्यसपछि बैंकले २० प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्तापुँजी आठ अर्ब नजिक पुर्याउनेछ । चालू आर्थिक वर्षमा हुने कमाईबाट बोनस सेयर जारी गरेर बैंकले आठ अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी पुर्याउनेछ ।

प्रकाशित मितिः २०७३ फागुन १४

वि.सं.२०७३ फागुन १४ शनिवार १२:४१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...