back
NMB ad

कालोबजारी गरेर फारर दुगड सञ्चालकहरु काठमाडौंमा लुकीछिपी कता छन् ?

Kumari bank ad

काठमाडौ । नाकाबन्दीको मौका छोपी सर्वसाधारणलाई ठगी गरेको प्रमाण फेला परेपछि फरार रहेका केएल दुगड ग्रुपका सञ्चालकहरू उपत्यकामै रहेको आशंकामा प्रहरीले उपत्यका केन्द्रित खोजी तीव्र बनाएको छ । शक्तिकेन्द्रमा रहेका व्यक्तिलाई प्रयोग गरी दुगड ग्रुपका सञ्चालक उपत्यकामै रहेको सूचना प्राप्त भएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको हो । कालोबजारी तथा ठगी मुद्दामा फरार केएल दुगड ग्रुपका सञ्चालकहरू किशनलाल दुगड, नरेश दुगड, कुमुद दुगड र विकास दुगडलगायतका अभियुक्त पक्राउ गर्न प्रहरीले सादा पोसाकमा विशेष संयन्त्र बनाई परिचालन गरेको टोली उपत्यका केन्द्रित बनेको छ ।

अदालतले पक्राउ आदेश जारी गरेको भए पनि प्रहरीले खोजी नगरेको आभास भएपछि दुगड ग्रुपका सञ्चालकहरू केही समयअघि काठमाडौं–दिल्ली ओहोर–दोहोर गरेको आशंकामा प्रहरीले काठमाडौं उपत्यकाका सबै सम्भावित स्थानमा खोजी सुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले दिएको जानकारीअनुसार केही दिनदेखि उनीहरू काठमाडौं ओहोर–दोहोर गरेका केही प्रमाण फेला परेको छ । विमानस्थल प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर उनीहरूले यस्तो काम गर्दै आएको स्रोतको भनाइ छ ।

सोही कारण काठमाडौं प्रहरीले उपत्यकाका सम्भावित स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरेको हो । ‘अभियुक्त भागेर बच्न सक्दैनन्, हामीले दुगड ग्रुपका फरार अभियुक्तको खोजीलाई तीव्र पारेका छांैं, अहिलेलाई यति बझ्नुस्,’ काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छविलाल जोशीले भने ।

प्रहरीले पछिल्लोपटक दुगड ग्रुपका सबै कम्पनीमा निगरानीसहित सादा पोसाकका प्रहरी खटाएको छ । दुगड ग्रुपका फरार सञ्चालकहरूले काठमाडौंबाटै बैकिङलगायतका कारोबार गरेको प्रमाण फेला परेपछि उपत्यकामै लुकेर बसेको तथ्य खुलेको थियो । ‘एक वर्षदेखि फरार व्यक्तिले कसरी उपत्यकामा कारोबार ग¥यो ? हामीले यसलाई आधार मानेर पक्राउ गरी अदालत बुझाउन सकिने निष्कर्षसहित खोजी थालेका हांैं’ पक्राउमा खटिएका एक अधिकारीले भने ।

डेढ वर्षअघि काठमाडौं प्रहरी परिसरले केएल दुगडको जडीबुटीस्थित गोदाममा छापा मारी बढी मूल्यमा बेच्न स्टिकर परिवर्तन गरिएको चार ट्रकभन्दा बढी खाने तेल बरामद गर्दै ९ करोड बढी ठगी कायम गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । अदालतले सबै सञ्चालक दोषी रहेको भन्दै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले ठगीमा साथ दिएको भन्दै कम्पनीका म्यानेजर अमन जैन र प्रमोद अधिकारीलाई पक्राउ गरेको थियो । तर, सञ्चालकहरू भने लाखौं रुपैयाँ खर्च गरी जोगिँदै अएका छन् । नाकाबन्दीको समयमा खाने तेलको मूल्य बढाई बिक्री गरे पनि सम्बन्धित निकायले चासो नदिँदा अभियुक्तहरू लामो समयसम्म बच्दै आएका छन् । उनीहरूले तात्कालीन समयमा प्रहरी अधिकारी खरिद गर्ने प्रयाससमेत गरेका थिए । राजधानी दैनिकबाट

प्रकाशित मितिः २०७३ फागुन २५

वि.सं.२०७३ फागुन २५ बुधवार ११:०० मा प्रकाशित

You can share this post!

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...