back
NMB ad

जुफाल विमानस्थलमै थन्कियो मकालु जहाज

Kumari bank ad

डोल्पा । मकालु एयरलायन्सको नौ एन–एजेजीको एक इन्जिन भएको जहाज एक सातादेखि जुफाल विमानस्थलमै थन्किएको छ । नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा अवतरण गरेर फर्कन तयार हुँदा जहाजको ब्याट्रीमा समस्या उत्पन्न भएर इन्जिन चालु नभएपछि विमानस्थलमै रोकिएको मकालु एयरलाइन्सका डोल्पा स्टेसन प्रमुख प्रताप शाहीले बताए।

एयरलाइन्स व्यवस्थापनका राज श्रेष्ठको भनाइलाई उद्धृत गर्दै शाहीले भने, “म आएर जहाज जाँच गर्दा ब्याट्रीमा खराबी आएको रहेछ, नयाँ ब्याट्री साटेर मात्र उडान गराउन सकिन्छ ।” हिमपातले अवरुद्ध विमानस्थल पुनःसञ्चालन हुनेबित्तिकै नयाँ ब्याट्री अमेरिकाबाट मगाइसकिएकाले नेपालगन्जबाट नयाँ ब्याट्रीसहित टोली आएर साटेपछि जहाजलाई उडान गर्न सकिने स्टेसन प्रमुख शाहीको भनाइ छ । जहाजको ब्याट्री मात्रै रु तीन लाख पर्ने बताइएको छ ।

जहाज एक सातासम्म विमानस्थलमै थन्किएपछि लाखौँ नोक्सान भएको एयरलायन्सले जनाएको छ । रासस

फाईल फोटो

प्रकाशित मितिः २०७३ फागुन २९

वि.सं.२०७३ फागुन २९ आइतवार १४:२१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...