back
NMB ad

तपाईले उत्पादन गरेको सुन्तला बढि मूल्यमा बेच्ने भए यसो गर्नाैस् !

Kumari bank ad

म्याग्दी । म्याग्दीका कृषकले बेमौसममा बेच्नका लागि सुन्तला भण्डारण गर्न थालेका छन् । घार–७ बिरौटा र हिस्तान–९ दोसल्लेका कृषकले अनुकूलित तापक्रमयुक्त भवन (सेलार स्टोर)मा सुन्तला भण्डारण गरेका हुन् ।

भण्डारण गरिएको सुन्तला बेमौसममा बढी मूल्यमा बिक्री गर्न सकिने बिरौटा बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष ठाकुरप्रसाद बरुवालले बताए । बिरौटामा रहेको सेलार स्टोरमा यस वर्ष १५ कृषकले तीन हजार किलोग्राम सुन्तला भण्डारण गरेका छन् । पुसमा बोटबाट टिपेको सुन्तला चैत–वैशाखसम्म राख्न सकिने अध्यक्ष बरुवालले बताए । बेमौसममा प्रतिकिलो रु दुई सयका दरले सुन्तला बिक्री गर्न सकिने उनको भनाइ छ ।

सुन्तलाको स्वाद र गुणस्तरमा ह्रास आउन नदिन चिस्यानयुक्त वातावरण र सुरक्षित रुपमा भण्डारण गर्ने व्यवस्था मिलाइएको छ । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने बिरौटाका कृषकले गत वर्ष गरेको परीक्षण सफल भएपछि यसपालि सुन्तला भण्डारणलाई निरन्तरण दिएका हुन् ।

दोसल्लेमा भने पहिलोपटक परीक्षणका लागि सोलार स्टोरमा सुन्तला राखिएको दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष मिलन गर्बुजाले बताए । “मौसममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने भएकाले केही समय भण्डारण गरेपछि बेमौसममा बढी मूल्य पार्ने प्रयास गरेका हौँ”, गर्बुजाले भने ।

समूहका अनुसार ४५ घरधुरीको बसोबास रहेको दोसल्लेका कृषकले यस वर्ष रु २५ प्रतिकिलोका दरले करिब रु २० लाख बराबरको सुन्तला बिक्री गरेका थिए । जिल्ला कृषि विकास कार्यालयले बिरौटाको भवन बनाउन रु पाँच लाख र दोसल्लेमा रु चार लाख ४४ हजार अनुदान सहयोग उपलब्ध गराएको थियो । कृषकले बिरौटाको भवनमा रु एक लाख ७५ हजार र दोसल्लेमा रु एक लाख ४८ हजार बराबरको श्रमदान गरेका थिए । सुन्तला भण्डारणको सुविधा भएपछि बगैँचा व्यवस्थापन, रोगकिरा नियन्त्रण र उत्पादन वृद्धिमा सघाउ पुग्ने कृषि कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले बताए ।

पुससम्म फल टिप्दा बोटलाई असर नपुग्ने र आगामी वर्षको उत्पादनमा पनि असर नहुने उनको भनाइ छ ।

प्रकाशित मितिः २०७३ फागुन २९

वि.सं.२०७३ फागुन २९ आइतवार १४:४० मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...