आज किन १५०० अंक छोएर फर्कियो सेयर बजार ?

काठमाण्डौँ । चैत लागेदेखि बढ्न थालेको सेयर बजार बुधबार पनि हरियो भएको छ। करिव ५० अंकसम्म बढेर १५०० अंक छोएर फर्किएको सेयर बजार सुचक १४८१ अंकमा रोकिएको छ।

आज दिनभरीमा १४६ कम्पनीको एक अर्ब ३७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आजको कारोबारमा सुरुवाती बढोत्तरी भने बजारले कायम राख्न सकेन । १४६२ अंकबाट सुरु भएको बजारले ५० अंकको बढोत्तरीसँगै १५१२ अंकसम्म छोएको थियो। कारोबारको अन्तमा बिक्रि चाप बढेपछि ३१ अंकले बजार खुम्चिएको थियो।

दिनभरीमा २४ लाख ९७ हजार कित्ता सेयर एक अर्ब ३६ करोड रुपैयामा खरीद बिक्रि भएका छन्। बुधबार बैंकिंग २७.६, होटल २७.२८, बिकास बैंक समूह ४०.४७, जलबिधुत २५.४१, फाइनान्स ८.२१ र अन्यमा २.९ अंकको वृद्धि भएको छ। बिमामा भने गिरावट आएको छ।

९ चैत २०७३, ३।४००

२०७३ चैत्र ९ गते १६:१० मा प्रकाशित

You can share this post!

थाहा पाइराख्नुस्, २ अर्ब २७ करोडभन्दा बढीको सेयर निस्कान हुँदै

​एकसय २१ वटा नक्कली लाइसेन्ससहित दुईजना पक्राउ !

Related posts