back
NMB ad

लगानीकर्तालाई सुनौलो अवसर, ९६० प्रतिकित्ता पर्ने सेयर सय रुपैयाँमै किन्ने मौका

Kumari bank ad

काठमाण्डौं । हिमालयन बैंक लिमिटेडले हकप्रदमा नबिकेको एक लाख ४५ हजार ५ सय ८० कित्ता साधारण सेयर लिलामीमा राखेको छ । ईच्छुक लगानीकर्ताले चैत्र १६ गतेसम्ममा बैंकको लिलामीको सेयरमा आवेदन गर्न पाउनेछन् ।

हिमालयनले गत कात्तिक २६ देखि मंसिर ३० सम्म सात अनुपात एक कित्ताको दरले कुल ६४ लाख २७ हजार तीन सय ५० कित्ता सेयर हकप्रद निष्काशन गरेको थियो । हकप्रदमा नबिकेको एक लाख ४५ हजार कित्ता सेयरको लिलामी खोलेको हो ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल तथा हिमालयन बैंकको कमलादी शाखा बाहेक सबै शाखा कार्यालय मार्फत हकप्रद सेयरमा आवेदन गर्न सकिने छ । ईच्छुक लगानीकर्ताले लिलामीको सेयरमा चैत्र १६ गतेसम्म आवेदन गर्न सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ ।

लगानीकर्ता प्रतिकित्ता न्यूनतम सय रुपैयाँका दरले कम्तिमा एक सय कित्ता तथा बढी सबै कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

गत अर्थिक बर्षको मुनाफाबाट ३० प्रतिशत बोनस बितरण गरेको बैंकले हकप्रद बिक्री गरेर चुक्ता पूँजी ६ अर्ब ४७ करोड रुपैंयाँ पुर्याएको छ । दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा बैंकले एक अर्ब दुई करोड खुद नाफा कमाएको थियो ।

हाल हिमालयनको सेयरबजारमा ९६० रुपैयाँको हाराहारीमा सेयर किनबेच भईरहेको छ ।

१० चैत २०७३, १०।००

वि.सं.२०७३ चैत १० बिहीवार ११:५४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...