back
NMB ad

थाहा पाउनुहोस्, फोर्ब्स म्यागजिनको सूचिमा पुगेका केही धनीका कुरा

Kumari bank ad
बिश्वका धनाड्यबारे यो बर्ष नयाँ रेकर्ड कायम भएको छ। डलर अर्वपतिको संख्या पहिलो पटक दुई हजार जना पुगेको फोर्ब्स म्यागजिनले जनाएको छ अवर्पतिहरु १३ प्रतिशतले बढेर २०४२ जना पुगेका हुन्। यस्तै उनीहरुको सम्पत्ति  समेत गत बर्षको तुलनामा १८ प्रतिशले बृद्धि भएर ७.६७ खर्ब अमेरिकी डलर पुगेको छ।
सन् २०१६ को तुलनामा यो बर्ष २३३ जना नयाँ अर्वपति थपिएका छन्। फोर्ब्सका अनुसार धनाड्यहरुको सूची बनाउन थालेको ३१ बर्षमा यो सर्वाधिक ठूलो संख्याको बृद्धि हो। नयाँ अर्बपति मध्ये चीनका सर्वाधिक ७६ जना छन्। दोस्रो स्थानमा रहेको अमेरिकामा २५ जना नयाँ अर्वपति थपिएका छन्।
माइक्रोसफ्टका संस्थापक विल गेट्स यस बर्ष पनि अर्बपति सूचीको पहिलो स्थानमा रहन सफल भए। पछिल्ला २३ बर्ष मध्ये १८ बर्ष उनी फोर्ब्स अर्बपति सूचीको एक स्थानमा छन्। उनको सम्पत्ति एक बर्षमा ११ अर्ब डलरले बढेर ८६ अर्ब अमेरिकी डलर पुगेको छ।
यो बर्ष सर्वाधिक कमाउन सफल भाग्यमानी भने अनलाइन ब्यापारको प्लेटफर्म अमेजनका जेफ बेजोस रहे। उनी एक बर्षमा २७ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थप्न सफल भएका हुन्। अहिले उनी ७२ अर्ब ८० करोड अमेरिकी डलरको सम्पत्ति सहित सूचीको तेस्रो स्थानमा उक्लिएका छन्।
अर्बपति सूचीको दोस्रो स्थानमा शेयर बजारका बादशाह वारेन बफेट रहेका छन्। उनको सम्पत्ति १२ महिनामा १४ अर्ब ८० करोड अमेरिकी डलरले बढेर ७५ अर्ब ६० करोड डलर पुगेको छ। जारा ब्रान्डको चेन कपडा स्टोर चलाएर अर्बपति बनेका स्पेनका अमान्सिओ ओर्टेगा सूचीको चौथो स्थानमा छन्। उनको सम्पत्ति चार अर्ब ३० करोड अमेरिकी डलरले बढेर ७१ अर्ब ३० करोड डलर पुगेको हो।
पाँचौँ स्थानमा उक्लिन सफल भएका छन्। उनको सम्पत्ति ११ अर्ब ४० करोड अमेरिकी डलरले बढेर ५६ अर्ब डलर पुगेको छ।
कुनै समय सूचीको अग्रस्थानमा रहि सकेका मेक्सिकोका टेलिकम बादशाह कार्लोस स्लिम हेलु पछिल्लो १२ बर्षमा पहिलो पटक सूचीको टप पाँच बाट बाहिर परेका छन्। उनी छैटौँ स्थानमा झरेका हुन्। उनको सम्पत्ति ५४ अर्ब पाँच करोड अमेरिकी डलर छ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग सूचीको

सबैभन्दा धेरै अर्बपति बस्ने मुलुकको रुपमा अमेरिका अग्रस्थानमा कायमै छ। अमेरिकामा ५६५ जना अर्बपति छन्। यस्तैमा चीनमा ३१९ जना अर्बपति रहेको फोर्ब्सले जनाएको छ।त्यस बाहेक हङकङमा ६७ र मकाउमा एक जना अर्बपति रहेको जनाइएको छ। तेस्रो स्थानमा रहेको जर्मनीमा ११४ जना र भारतमा १०१ जना अर्बपति छन्। भारतमा पहिलो पटक अर्बपतिको संख्या १०० जना नाघेको हो।
नेपालका एकमात्र अर्बपति विनोद चौधरीको सूचीको १५६७ औँ स्थानमा छन्। उनको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ। एक बर्षमा उनको सम्पत्ति २० करोड अमेरिकी डलरले बढेको हो।
१० चैत २०७३, १०।००

वि.सं.२०७३ चैत १० बिहीवार १३:०६ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...