back
NMB ad

थप विद्युत् उपलब्ध गराइदिन भारतसँग आग्रह, के होला अब ?

Kumari bank ad

काठमाडौ। भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले  नेपाललाई थप विद्युत् उपलब्ध गराउन भारत सरकारसमक्ष आग्रह गरेका छन् । राजदूत उपाध्यायले भारतीय विदेश मामिला राज्यमन्त्री एमजे अकबरसँग भेटवार्ता गरी थप विद्युत् उपलब्ध गराउन आग्रह गरेका हुन् ।

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेको कुशाहा– कटैया र रक्सौल–परवानीपुर प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । ती प्रसारण लाइनमार्फत थप ५०–५० मेगावाट विद्युत् आयातको तयारीमा नेपाल सरकार रहेको छ । भारत सरकारले आधिकारिक निर्णय नगर्दा विद्युत् आयात हुन सकेको छैन । राजदूत उपाध्यायले थप विद्युत् उपलब्ध गराउने विषयमा कुराकानी गरेका हुन् ।

राजदूत उपाध्यायले राज्यमन्त्री अकबरसँग भारत सरकारको सहयोगमा अगाडि बढिरहेको आयोजनाको शीघ्र कार्यान्वयनका विषयमा समेत कुराकानी गरेका थिए ।  विशेष गरी सडक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राजदूत उपाध्यायले नेपाली सामान निर्यात गर्दा लाग्दै आएको अतिरिक्त शुल्क, ड्यामरेज चार्ज(ठाउँ ओगटेबापतको शुल्क) तथा जुट र जुटजन्य सामग्रीमा लाग्दै आएको शुल्क हटाउन समेत राज्यमन्त्री अकबरसँग आग्रह गरेका थिए ।  नेपाली राजदूतको आग्रहमा राज्यमन्त्री अकबरले समस्या समाधानमा भारत सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । रासस

प्रकाशित मितिः २०७३ चैत १२

वि.सं.२०७३ चैत १२ शनिवार ११:४४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...