back
NMB ad

नेपालगञ्ज, बुटवल, नारायणगढ, बनेपा, बिराटनगर वा बिर्तामोड, कहाँ हुनुहुन्छ तपाई ?

Kumari bank ad

काठमाण्डौं । आइतबार देखि देशका प्रमुख छ शहरबाट सात ब्रोकर कम्पनीले कारोबार सुरु गरेका गर्का छन्। नेपाल स्टक ब्रोकर एसोसिएसनका अनुसार ‘रिमोट वर्क स्टेशन’ मार्फत नेपालगञ्जमा दुई एवं बुटवल, नारायणगढ, बनेपा, बिराटनगर र बिर्तामोड बाट एकरएक ब्रोकर कम्पनीले कारोबार सुरु गरेका हुन्।

नेपालगञ्जमा इम्पेरीयल सेक्युरिटिज (४५ नम्बर ब्रोकर) र कालिका सेक्युरिटिज (४६ नम्बर ब्रोकर) शाखा सञ्चालनमा ल्याएका हुन्। बुटवलमा आर्यतारा इन्भेटमेन्ट कम्पनी (५७ नम्बर ब्रोकर), नारायणगढमा शनी सेक्युरिटिज (४२ नम्बर ब्रोकर), बनेपामा भिजन सेक्युरिटिज (३४ नम्बर ब्रोकर), बिराटनगरमा क्रिस्टल सेकुरुटीज (५० नम्बर ब्रोकर) र विर्तामोडमा श्रीहरि सेक्युरिटिज (५६ नम्बर ब्रोकर)ले शाखा स्थापना गरेका हुन्।

यस अघि नौ ब्रोकर कम्पनीले राजधानी बाहिर शाखा स्थापना गरि सकेका थिए। धितोपत्र दलाल ब्यवसायीको बर्षौं देखिको माग एवं स्थानीय तहमा सेवा उपलब्ध होस् भनेर शाखा सञ्चालनमा ल्याएको एसोसिएसनको विज्ञप्तिमा जनाइएको छ। अब छिटै देशका १८ शहरमा बिभिन्न ब्रोकर कम्पनी शाखा खोल्ने पनि जनाइएको छ।

नेपाल धितोपत्र बोर्डले तत्काल शाखा विस्तार रोक्न भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निर्देशन बमोजिम ब्रोकर कम्पनीले ‘रिमोट वर्क स्टेशन’ सञ्चालनमा ल्याएका हुन्।

१४ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत १४ सोमवार ११:१३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...