back
NMB ad

ओठ सिंगार्न १४ करोडको खर्च !

Kumari bank ad

काठमाडौ । नेपाली महिलाहरुले आफ्नो ओठको श्रृंगारका लागि प्रयोग गर्ने लिपिष्टिककै लागि करोडौं रुपैंयाँ बाहिरिरहेको छ । बर्षेनी दशौं करोड नेपाली मुद्रा महिलाहरुले ओठको श्रृंगारका लागि प्रयोग गर्ने लिपिष्टिकका लागि बाहिरिँदै आएको हो ।

आर्थिक बर्ष २०७२/७३ मा १४ करोड ७६ लाख रुपैंयाँ मूल्य बराबरको लिपिष्टिक नेपाल भित्रिएको छ । ३३ वटा देशबाट नेपाली महिलाहरुले लगाउने लिपिष्टिक आयात भएको हो । आर्थिक बर्ष २०७१/७२ मा १० करोड ५३ लाख मुल्य बराबरको लिपिष्टिक आयात भएको थियो भने आव २०७०/७१ मा १६ करोड ३० लाखको आयात भएको थियो । गत आवमा ७ करोेड ९ लाखको लिपिष्टिक भारतबाट आयात भएको देखिन्छ भने ४ करोड २० लाखको लिपिष्टिक चीनबाट आयात भएको छ । त्यस्तै, १ करोड, इटालीबाट एक करोड ३४ लाख, जर्मनीबाट एक करोड १९ लाखको लिपिष्टिक आयात भएको छ ।

नेपाली महिलाहरुले बंगलादेश, ब्राजिल, क्यानाडा, चीन, चेक रिपब्लिक, डेनमार्क, इक्वेडर, फ्रान्स, जर्मनी, हङकङ, भारत, इण्डोनेसिया, इटाली, जापान, जोर्डन, कोरिया, लिसेीटाइन, लक्जमबर्ग, मलेसिया, मेक्सिको, पाकिस्तान, पोल्याण्ड, रसिया, सिंगापुर, स्पेन, स्विडेन, स्विजरल्याण्ड, ताइवान, थाइल्याण्ड, युएई, बेलायत, अमेरिका र भियतनामा बनेका लिपिष्टिक लगाउँदै आएका छन् ।

प्रकाशित मितिः २०७३ चैत २३

वि.सं.२०७३ चैत २३ बुधवार १२:५९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...