back
NMB ad

काठमाडौमा अहिले बेला–बेला बिजुली जानुको कारण यस्तो छ

Kumari bank ad

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले मेलम्ची खानेपानी आयोजनाले पाइप जडान गर्दा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा केवलमा क्षति पुर्याएको भन्दै आपत्ति जनाएको छ।

महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने ११ केभी कपन फिडरको भूमिगत केबलमा शनिबार मेलम्ची खानेपानी आयोजनाको काम गराईबाट क्षति हुन पुगेको प्राधिकरणले जनाएको छ ।

धोबीखोलाका ढलान पुल र निलो पुलस्थित दुईवटा वितरण ट्रान्सफर्मर बन्द हुँदा ती ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति हुने सुकेधारालगायतका ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए।

मेलम्चीको पाइप बिच्छ्याउँदा क्षतिग्रस्त भएको केवल मर्मत गरेर विद्युत् सञ्चालनमा ल्याइए पनि त्यसबाट उपभोक्तामा ठूलो प्रभाव पर्ने भएकाले व्यवस्थित तवरले काम गर्न प्राधिकरणले मेलम्ची आयोजनालाई आग्रह गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाले काम गर्दा पटक पटक भूमिगत विद्युत् प्रणालीमा क्षति पुग्ने गरेको छ । काम गर्दा भूमिगत केवलको अवस्थामा ध्यान दिन प्राधिकरणले मेलम्ची खानेपानी हेर्ने सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

काठमाडौको जमिनमुनि बिच्छ्याएको केवलबारे जानकारी नराख्दा ठूलो दुर्घटना हुने सम्भावना रहेको र विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुन गई ग्राहकले सास्ती भोग्नुपर्नेतर्फ ध्यान दिन आयोजनालाई प्राधिकरणले अनुरोध गरेको छ । भौतिक सम्पत्तिको सेवा अवरुद्ध भएबाट प्राधिकरणलाई आर्थिक नोक्सानी समेत हुने गरेको प्रवक्ता अधिकारीले बताए ।रासस

प्रकाशित मितिः २०७४ बैशाख ३

वि.सं.२०७४ वैशाख ३ आइतवार १०:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...