५५ घरलाई एउटै शौचालय

काठमाडौ। गत वर्षको भूकम्पले सिन्धुपाल्चोक, तल्लो माझीगाउँका श्रीमान माझीको घर भत्कियो। घरविहीन भएपछि उनी बारीको कान्ला, बोराले बारेको छाप्रो हुँदै अहिले टिनको टहरमा बस्छन् ।

यो सिंगो सिन्धुपाल्चोकको कथा व्यथा हो। माझीगाउँलाई टाउको लुकाउने छत र दुई छाक जुटाउन जति गाह्रो छ, त्यो भन्दा बढी गाह्रो छ दिसापिसाब व्यवस्थापन। भूकम्पले घरसँगै शौचालय पनि भत्किएपछि माझीगाउँले खुल्ला ठाउँमा दिसापिसाब गर्न बाध्य भए । धेरै पछि गैर सरकरी संस्थाको सहयोगमा गाउँमा एउटा सार्वजनिक सौचालय बनेको स्थानीय कमल माझीले बताए। ‘५५ घरको लागि एउटा शौचालय छ,पालो कुरेर साध्यै छैन,’ उनले भने।

दिशापिसाब गर्न अधिकांश नजिकै खोला र झाडीमा जाने गरेको माझीले बताए। कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख ८

२०७४ वैशाख ८ गते ०९:०६ मा प्रकाशित

You can share this post!

३० प्रतिशत बोनस बाँडेको इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत बोनस दिंदै, साथमा ७५ प्रतिशत हकप्रद

सचेत बन्नुस् है, ५ सयको नक्कली नोटको बिगबिगी !

Related posts