मध्यरातमा सेनाको आकस्मिक बैठक,उच्च सतर्कतामा रहन निर्देशन !

काठमाडौ । प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार राति अबेरसम्म नेपाली सेनाको आकस्मिक बैठक बसेको छ। देशमा हाल विकसित घट्नाक्रमको समिक्षा गर्न जंगी अड्डामा आकस्मिक पि.एस.ओज. बैठक बसेको सेनाका प्रवक्ता झंकरबहादुर कठायतले बताएका छन्।

बैठकमा वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरुको समिक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको उनले बताए। सेनाको बैंठक राती ८ बजे सुरु भएको ११ बजेसम्म चलेको थियो।

उत्पन्न परिस्थिति नियाल्दै सेनाले देशभर आफ्ना मातहतमा रहेका सेनालाई उच्च सतर्कतामा रहन भन्दै निर्देशन दिएको छ।फाईल फोटो

प्रकाशित मितिः २०७४ बैशाख १८

२०७४ वैशाख १८ गते ०८:३९ मा प्रकाशित

You can share this post!

महाभियोगदेखि डराएकी छैन,डटेर सामना गर्छुः सुशीला कार्की

मजदुर दिवसमा रोजगारमन्त्रीले भने कतै म बेरोजगार मन्त्री पो हो कि !

Related posts