बैशाख २५ देखि तीनवटा प्रदेशका सम्पूर्ण विद्यालय बन्द !

काठमाडौ। निर्वाचन आयोगले प्रदेश नं ३, ४ र ६ का सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख २५ देखि ३१ गतेसम्म बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । पहिलो चरणको निर्वाचनलाई ध्यान दिँदै आयोगले तीन प्रदेशमा लागु हुनेगरी यस्तो निर्देशन दिएको हो ।

साथै आयोगले बैशाख ३१ गते आइतबारका दिन सार्वजनिक विदा दिन आग्रह गरेको छ । तर, यो विदा देशभरि नभएर पहिलो चरणको निर्वाचन हुने तीनवटा प्रदेशमा मात्रै लागू हुनेगरी गर्न आयोगले भनेको छ ।

बैशाख ३१ को चुनावका लागि मतदान स्थलका रुपमा प्रयोग गरिने विद्यालय, सरकारी कार्यालयहरु, स्वास्थ्य चौकी आदि बैशाख २५ गतेभित्रै हस्तान्तरण गरिसक्न पनि आयोगले आग्रह गरेको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २०

२०७४ वैशाख २० गते १५:२५ मा प्रकाशित

You can share this post!

७०० प्रतिशतको मूल्यवृद्धि कसरी थेग्ने ?

पोर्चुगलका खेलाडीले रेफ्रिको नाक भाँचे,चार वर्षको प्रतिबन्ध(भिडियोसहित)

Related posts