back
NMB ad

मोबाइल एपबाटै लिनुहोस् सेयर बजारको जानकारी !

Kumari bank ad

काठमाडौ । नेपाली पुँजी बजारको विषयमा विविध जानकारी दिने उद्देश्यले ‘नेपाली पैसा’ मोबाइल एप्लिकेसन (एप) सार्वजनिक भएको छ । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको सोर्स कोड प्राइभेट लिमिटेडले यो मोबाइल एप निर्माण गरेको हो ।

कम्पनीका अनुसार यस एपमा पुँजी बजार सम्बन्धी महत्वपूर्ण समाचार, सेयर कारोबारको प्रत्यक्ष जानकारी, सूचीकृत कम्पनीका बारेमा जानकारी, आइपीओ, हकप्रद, एफपीओलगायत लगानी अवसरका विविध सूचनाहरु उपलब्ध छन् । साथै, कर्पोरेट गतिविधि, सूचीकृत कम्पनीका महत्वपूर्ण गतिविधिलाई पनि एपमा समेटिएको छ । सेयर बजारको आधारभूत तथा प्राविधिक विश्लेषण र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी सेवा पनि एपमा उपलब्ध छ ।

नेपालमै पहिलो पटक लगानीकर्ताले मोबाइल एपमार्फत पुँजी बजारसम्बन्धी गहन विश्लेषणसहितको प्रिमियम सेवासमेत पाउने भएका छन् । यसअन्तर्गत गहन प्राविधिक र आधारभूत विश्लेषण सेवा उपलब्ध हुनेछ । साथै, पोर्टफोलियो ट्रयाकर र एडभान्स चार्ट सेवासमेत उपलब्ध गराइएको छ ।

एपले सेयर बजार सम्बन्धी विस्तृत जानकारी दिने अनि प्रयोगकर्तामैत्री डिजाइन र चलाउन सजिलो भएकाले बजारमा उपलब्ध अरु एप भन्दा उत्कृष्ट रहेको निर्माता सोर्स कोड प्रालिका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले जानकारी दिए ।

एप अहिले एन्ड्रोइडमा मात्र उपलब्ध भए पनि निकट भविष्यमै आइओएसमा पनि आउने कम्पनीको भनाई छ ।

प्रकाशित मितिः २०७४ बैशाख २६

वि.सं.२०७४ वैशाख २६ मंगलवार १२:४३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...