back
NMB ad

हेर्नुहोस कुन कुन नगरपालिका र गाउँपालिकामा उम्मेदवार को को छानिए ?

Kumari bank ad

काँकडभिट्टा । नेकपा (एमाले)ले झापाका अधिकांश नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन गरिसकेको छ ।

सुनसरीको इटहरीमा बसेको एमालेको प्रदेश कमिटीको बैठकले १० वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको झापाको दमक नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति नगरपालिका, कमल नगरपालिका, केचनाकवल गाउँपालिका र झापा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन गरेको हो ।

दमक नगरपालिकाको प्रमुखमा रोमनाथ ओली र उपप्रमुखमा विष्णु बराल, भद्रपुर नगरपालिकाको प्रमुखमा जीवन श्रेष्ठ र उपप्रमुखमा चन्द्रा श्रेष्ठ, बुद्धशान्ति नगरपालिकाको प्रमुखमा चिन्तन पाठक र उपप्रमुखमा मिरा भुर्तेल, अर्जुनधारा नगरपालिकाको प्रमुखमा हरि राना, उपप्रमुखमा कमला आचार्य, कमल नगरपालिकाको प्रमुखमा मेनुका काफ्ले चयन भएका छन् ।

त्यसैगरी, केचनाकवल गाउँपालिकाको अध्यक्षमा शेरबहादुर खत्री र उपाध्यक्षमा धनमाया दाहाललाई चयन गरिएको छ भने झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली (लिम्बू) र उपाध्यक्षमा कुन्तीदेवी बुढाथोकीलाई चयन गरिएको छ ।

बाँकी रहेका नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखको टुङ्गो लगाउनका लागि नेकपा एमालेको सचिवालयको बैठक इटहरीमा जारी छ । आजै बेलुकासम्म प्रदेश नम्बर १ का उम्मेदवारको नाम सार्वजनिक गरिने नेकपा एमालेको उच्च स्रोतले जनाएको छ ।

११ जेठ २०७४

वि.सं.२०७४ जेठ ११ बिहीवार ०९:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...