कुमारी बैंकको ३ लाख ६६ हजार कित्ता सेयरबारे थप जान्न यो पढ्नुहोस् !

काठमाडौ। कुमारी बैंकले ३ लाख ६६ हजार ५ सय ६२ कित्ता सेयरको लिलामी विक्री गर्ने भएको छ । बैंकले खुला गरेको हकप्रद सेयरमा विक्री नभएका उक्त सेयरको आगामी जेठ २१ गेतभित्रै आवेदन दिन सक्ने गरी बैंकले गोप्य शिलवन्दीबाट सेयर विक्री गर्न लागेको हो ।

बैंकले संस्थापक सेयरको ८६ हजार ९२ कित्ता र सर्वसाधारणतर्फको २ लाख ८० हजार ४ सय ७० कित्ता सेयरको लिलाम विक्री गर्ने भएको छ । न्युनतम १ सय कित्ता सेयर खरिद गर्न पाउने यो बैंकको यही जेठ १४ देखि २१ गते भित्रको एक साताको समयमा आवेदन दिनुपर्ने उल्लेख छ ।

उक्त सेयर खरिद गर्न चाहनेले आवेदनकर्ताले यसको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडबाट आवेदन दिन सक्ने उल्लेख छ ।

प्रकाशित मितिः २०७४ जेठ ११

२०७४ जेष्ठ ११ गते ११:२२ मा प्रकाशित

You can share this post!

हाईड्रोको ५ करोड ४० लाख आईपिओ आईतबारदेखि निष्काशन हुने ,कहाँ–कहाँबाट आवेदन दिने ?

युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडले जित्यो

Related posts