back
NMB ad

विश्वका धनीहरुको नयाँ–नयाँ रेकर्डबारे थाहा पाउनुहोस् !

Kumari bank ad

रविना पौडेल, काठमाडौ । विश्वका धनाढ्यबारे यो वर्ष नयाँ रेकर्ड कायम भएको छ । यो वर्ष अर्बपतिहरुको संख्या १३ प्रतिशतले बढेको छ । यो संख्या गत ३१ वर्षको अबधिमा गरिएको फोब्र्सको गणनामा सबै भन्दा घेरै संख्या रहेको फोब्र्स म्यागाजिनले जनाएको छ ।

बीलगेट्सः माइक्रोसफ्टका संस्थापक विल गेट्स यस बर्ष पनि अर्बपति सूचीको पहिलो स्थानमा रहन सफल भए। उनले गत वर्षंको ७५ अर्ब अमेरीकी डलरबाट आफुलाई फड्को मारेर ८६ अर्ब अमेरीकी डलर पुर्याउन सफल भएका छन् ।

पछिल्ला २३ बर्ष मध्ये १८ बर्ष उनी फोर्ब्स अर्बपति सूचीको एक स्थानमा छन्।

जेफ बेजोसः जेफ बेजोसको लागि यस वर्ष सर्वश्रेष्ठ वर्ष बन्न पुगेको छ । उनी हाल विश्वको पाँचौँ धनीबाट तेस्रो धनीको स्थानमा पुगेका छन् । उनको गत वर्षभन्दा २७ खर्ब ६ करोड अमेरीकी डलर बराबरको सम्पति बढाएर ७२ अर्ब ५ करोड पुर्याएका छन् ।

वारेन बफेटः वारेन बफेटलाई सन् २०१६ को नोबेम्वरमा सम्पन्न निर्वाचनमा अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्र««म्प निर्वाचित भएसँगै ज्यादै फाइदा पुगेको छ । उनको सम्पत्ति १२ महिनामा १४ अर्ब ८० करोड अमेरिकी डलरले बढेर ७५ अर्ब ६० करोड डलर पुगेको छ। उनको १२ महिनाको १४.८ अरब अमेरिकी डलरको फड्को नै अम्यानकोइ अर्टिगाबाट देस्रो स्थान फिर्ता लिन काफी बन्न पुग्यो ।

अमान्सिओ ओर्टेगाः स्पेनका अमान्सिओ ओर्टेगा स्पेनमा कपडाको जारा चेन बजार संचालनमा ल्याएर अर्बपति बनेका थिए । गतवर्ष भन्दा ४ अर्ब ३ करोड डलरले आफ्नो सम्पति वृद्धि गराई उनी धनाढ्यहरुको सूचिमा चौथो स्थानमा रहेका छन् ।

मार्क जुकरबर्ग: फेसबुकको सस्थापक मार्क जुकरबर्ग हाल पहिलो पटक धनाढ्यहरुको सूचिमा पाँचौ स्थानमा पर्न सफल भएका छन् । १२ महिनामा उनको सम्पत्ति ११ अर्ब ४ करोड अमेरिकी डलरले बढेको छ ।

कार्लोस सिल्म हेलुः त्यस्तैगरि कुनै जवानाका सर्वोच्च धनी म्याक्सिकोका कार्लोस सिल्म हेलु धनीहरु मध्ये छैठौँ नम्बरमा परेका छन् । उनी एक दर्जन वर्ष पछि पहिलो पटक धनाढ्यहरुको सूचिमा पाँचौ स्थान बाहिर पुगेका हुन् ।

विश्वका अर्बपतिहरुको सूचिमा १ सय ९५ नयाँ धनीहरु उदाएका छन् । त्यसमध्यै चीनबाट ७६ जना र अमेरिकाबाट २५ जना नवधनाढ्यहरु सूचिमा पर्न सफल भएका छन् ।

२६ वर्षीय जोन कोल्युसन् विश्वको कान्छो अर्वपति बन्न पुगेका छन् । इभेन स्पीगील भन्दा २ महिनाले कान्छा रहेका उनी कडा मेहनत र परिश्रमले कान्छो अर्बपतिको सूचिमा दर्ज हुन सफल भएका हुन् ।

billionairesnior billionairesnior

फोब्र्स म्यागाजिनका अनुसार ४० वर्ष भन्दा कम उमेरका अर्बपतिहरुको संख्या ५६ जना रहेको छ । फोब्र्स म्यागाजिनको सहयोगमा

प्रकाशित मितिः २०७४ जेठ १४

वि.सं.२०७४ जेठ १४ आइतवार १६:२८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...