back
NMB ad

असार १ गतेदेखि करोडौंको आईपीओ आउँदै, त्यो भन्दा पहिले यो कुरा जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । सर्वसाधारणले आईपीओ भर्नुअघि कुन कम्पनीको आईपीओ खुल्दैछ भनेर जान्नुपर्नैछ । यस्तैमा हिमालयन पावर पार्टनर कम्पनीले आगामी असार एक गतेदेखी सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले २१ करोड ३० लाख रुपैयाँ बराबरको २१ लाख ३० हजार ८३४ कित्ता आईपीओ जारी गर्ने भएको हो ।

यसअघि लमजुङका स्थानीय बासिन्दालाई १० लाख ६५ हजार ४१७ कित्ता (१० प्रतिशत) आइपीओ जारी गरेको कम्पनीले सर्वसाधरणका लागि आईपीओ जारी गरी बाँडफाँड समेत गरीसकेको छ । कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर बिक्री गर्न लागेको हो ।

२१ लाख ३० हजार ८३४ कित्ता सेयरमध्ये कम्पनीले ४२ हजार ६१७ कित्ता कम्पनीका कर्मचारी र एक लाख ६ हजार ५ सय ४२ कित्ता सामुहिक लगानीकोषका लागि छुट्याएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि बढीमा दश हजार कित्तासम्म आवेदन दिन पाईनेछ । कम्पनीको सेयरमा असार १ गतेदेखि ५ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीको साधारण सेयरमा ग्लोबल आइएमई क्यापिटल जमल, हिमालयन पावर पार्टनर लिमिटेड पानीपोखरी, ग्लोबल आईएमई बैंकका विभिन्न शाखा कार्यालयहरु लगायत आश्वा सेवा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय मार्फत आवेदन गर्न पाइनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ८५ करोड २३ लाख ३३ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६ करोड ५४ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ जेठ २६

वि.सं.२०७४ जेठ २६ शुक्रवार १२:४७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...